हिंसात्मक बन्दै केसी समर्थकको आन्दोलन; ३ मन्त्रीका गाडी तोडफोड

Todfod mantri car

काठमाडौं । डा गोविन्द केसीका समर्थकले ३ जना मन्त्रीको गाडीमा तोडफोड गरेका छन् ।

प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहको बा१ झ७२३४, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा२ झ३७६३, र गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१ झ२७६ नंको गाडीमा तोडफोड भएको छ । गाडीको अगाडिको भागको सिसमा क्षती पुगेको छ ।

सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागी हुन आएका उनीहरु नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा गाडी रोकेर बसेकोमा माइतीघरतबाट नयाँ वानेश्वरतर्फ अघि बढेका केसी समर्थक तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका हो ।

तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा११ च१२६६ नंको गाडीमा पनि क्षति पुगेको छ । फुडल्याण्डको सिसा फुटेको छ भने १ जना कर्मचारी समेत घाइते भएका छन् ।

केसीको जीवन रक्षाको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा तरुण पनि सहभागी भएको छ । पछिल्लो समय केसीका पक्षमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...