डा. केसीको जीवनरक्षाको माग गर्दै पोखरामा प्रदर्शन

Pokhra

पोखरा । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार पोखरामा स्वःस्फुर्तरुपमा प्रदर्शन भएको छ ।

डा. केसीको समर्थक सरकारको विरोध गर्दै पोखराको पृथ्वीचोकबाट सुरु भएको प्रदर्शन पोखराबजार परिक्रमा गरी सिर्जनचोकमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरुले ‘नेकपाको सत्ता चिकित्सा ऐन बेपत्ता’, ‘माफियामुखी ऐन चाहिँदैन’, ‘शिक्षा र स्वास्थ्यमा राजनीति बन्द गर’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

र्यालीमा सहभागीहरु ‘डा. केसीको साथमा छौं’, ‘डा. केसीको जीवनरक्षा गर’, ‘सरकारी गुन्डागर्दी अन्त्य गर’, ‘माफियातन्त्र अन्त्य गर’, ‘माथेमा प्रतिवेदन लागू गर’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’लगायतका नारासहित प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा विद्यार्थी, युवा, महिला तथा विभिन्न पेसा, व्यवसायमा आवद्ध सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...