डा. केसीको प्राण तलमाथि भए सरकारले कडा मूल्य चुकाउनुपर्नेछः मसाल

Mohan bikram singh

नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले अनशनरत डा. गोविन्द केसीको प्राण तलमाथि भए सरकारले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

नेकपा (मसाल) को हालै सम्पन्न बैठकपछि पार्टी महामन्त्री मोहन विक्रम सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा डा. केसीको जीवन रक्षा गर्न र उनका मागहरु पुरा गर्न सरकारसँग माग गरिएको छ । मसालले सरकारद्वारा जुम्लामा गरिएको दमनको पनि भ्रत्र्सना गरेको छ ।

कुनै जोरजवर्जस्ती गरेर होईन, माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक ल्याएर नै डा. केसीका माग पुरा हुन सक्ने मसालले बताएको छ ।

बैठकपछि जारी विज्ञप्ती 

१.डा. के.सी.का मागहरु माथेमा आयोगको प्रतिवेदन र राष्ट्रिय आवश्यक अनुसार छन् । त्यस कारण हाम्रो पार्टीले उनकामागहरु पूरा गर्नुपर्ने आवश्यकतामा विशेष जोड दिन्छ ।

२. लामो अनसनका कारणले डा. के.सी.को जीवन संकटको अवस्थामापुगेको छ । त्यसकारण उनको प्राणको रक्षाकालागि सरकारले विशेष ध्यानदिनुपर्ने आवश्यकता छ । कुनै जोरजर्वजस्ती गरेर होइन, उनका न्यायपूर्ण मागहरुलाई स्वीकार गरेर नै उनको प्राण रक्षा गर्न सरकारले ध्यानदिनुपर्ने आवश्यकता छ । 

३. अहिले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकले माथेमा आयोगका मूलभूत सिफारिसहरुलाई अस्वीकार गर्दछ । त्यसकारण त्यो विधेयकलाई फिर्ता गरेर माथेमा आयोगको सिफारिस अनुसार नया विधेयक संसदमा पेश गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।

४. डा. के.सी.का मागहरुकापक्षमा देशमा उठिरहेको आवाज र त्यसका लागिभ इरहेको आन्दोलनसित ने.क.पा. (मसाल)ले ऐक्यवद्धता प्रकट गर्दछ ।

५. डा. के.सी.का मागहरु समेतकालागि ने.का.ले आन्दोलनको जुन घोषणा गरेको छ, त्यो उसका आफ्ना गलत प्रकारका राजनीतिक उद्देश्यहरुद्वारा निर्देशित छ । त्यसको त्यो आन्दोलनको उद्देश्य खालि सत्तासितको प्रतिस्पर्धा मात्रहो र, त्यसकारण, त्यो आन्दोलनलाई हामीले समर्थन नगर्ने कुरा हामीले स्पष्ट गर्न चाहन्छौं । त्यसैले हाम्रो पार्टी त्यसले आयोजना गर्ने आन्दोलन सम्बन्धी कुनै कार्यक्रममा सहभागी नहुने कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौं । 

६. डा. के.सी.का मागहरुका पक्षमा र उनको जीवन रक्षाकालागि स्वास्थ्यकर्मी, नागरिक समाज, मानवअधिकारवादीआदिले गर्ने आन्दोलनहरुलाई हामीले दृढतापूर्वक समर्थन गर्दछौं र आवश्यकतानुसार उनीहरुद्वारा आयोजित कार्यक्रमहरुमा सहभागी हुने हाम्रो नीति हुनेछ ।

७. हाम्रो पार्टीको नजिकका मोर्चा, जनवर्गीय संगठनका समिति वा सदस्यहरुले आफ्नो स्वतन्त्र पहलकदमीमा पनि डा. के.सी.का मागहरुका पक्षमा विभिन्न कार्यक्रमहरु वा सरकारका गलत नीतिहरुका विरुद्ध विरोध कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । हाम्रा विभिन्न मोर्चा वा जनवर्गीय संगठनहरुद्वारा आयोजित आफ्ना कार्यक्रमहरुमा पनि हामीले डा. के.सी.का माग वा आन्दोलनका पक्षमा बढी भन्दा बढी विचारहरु लैजाने प्रयत्न गर्नु पर्दछ । देशका अन्य विभिन्न पक्षहरुसित पनि पारस्पारिक समझदारी वा सहमतिका आधारमा डा. के.सी.का मागहरुका पक्षमा संयुक्त कार्यक्रमहरुको आयोजना गर्ने हाम्रो नीति हुनेछ । 

८. सरकारले डा. के.सी.का मागहरुप्रति सकारात्मक दृष्टिकोण अपनाउने भन्दा तिनीहरुप्रति बढी नकारात्मक दृष्टिकोण अपनाएको पाइन्छ । सरकारको त्यस प्रकारको नीति र कार्यशैलीलाई हाम्रो पार्टीले कडा शब्दमा आलोचना वा विरोध गर्दछ । 

९. डा. के.सी.को अनसनको क्रममा कुनै अप्रियघटना घट्यो भने त्यसको जिम्मेवार सरकार नै हुनेछ र त्यसकालागि सरकारले कडा मूल्य तिर्नु पर्नेछ । त्यस प्रकारको कुनै अप्रिय घटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमादिने छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...