काँग्रेसको विरोधका कारण प्रदेश नं ७: प्रदेशसभा बैठक स्थगित

Pradesha no 7

धनगढी । प्रतिपक्ष दल नेपाली कांग्रेसले अबरोध गरेपछि आज बसेको प्रदेश ७ को प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।

बैठक सुरु हुने वित्तिके प्रतिपक्षी सदस्यले उठेर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले पटक पटक बस्न भने पनि नमानेपछि साउन ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्ने गरी आजको बैठक स्थगन भएको हो । बैठकमा गाउँसभा तथा नगरसभाको कार्य सञ्चालन गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भएपछि तयार पारिएको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो ।

कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै संविधानको मूल मर्म, भावना र विधिको शासनका आधारमा सरकारलाई हिंँडाउन विरोध गर्नुपरेको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसले डा।गोविन्द केसीलाई छापामार शैलीमा काठमाडौं ल्याएकोप्रति खेद प्रकट गर्नुका साथै प्रतिनिधि सभा र प्रदेश सभामा सभामुख र उपसभामुख छुट्टाछुटटै दलको हुनुपर्ने माग गरेको छ ।

प्रदेश नं ७ प्रदेशसभा कांग्रेस संसदीय दलले आज प्रेस विज्ञप्ति प्रकाशन गरी सरकारद्वारा प्रा. डा. गोविन्द केसी, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा. भोजराज अधिकारीप्रति गरिएको व्यवहार तथा केही स्थान निषेधित क्षेत्र घोषणा गरेका जस्ता कामको विरोध गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...