डा. केसीका माग ब्यक्तिगत होइनन्, राष्ट्रिय आवश्यकता हुन्ः मसाल

Mohan bikram singh

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(मसाल) ले चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका माग उनका ब्यक्तिगत माग मात्र नभएर राष्ट्रिय आवश्यकता भएको बताएको छ । मसाल महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति प्रकासित गरी डा. केसीका माग पुरा गर्न सरकारसँग माग गरेका छन् ।

सिंहले डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउन गरिएको बल प्रयोग र अस्पताल हाताभित्र भएको प्रहरी कारवाहीको निन्दा समेत गरेका छन् । महामन्त्री सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छः डा. केसीको जीवन रक्षा गर्नु अहिलेको अत्यन्त महत्वपूर्ण कार्य हो । तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, तर उनका न्यायपूर्ण मागहरूलाई स्वीकार गरेर उनको अनसन स्थगित गराएर नै गर्नुपर्दथ्यो र पर्दछ पनि ।

वास्तवमा उनका मागहरू उनका व्यक्तिगत मागहरू नभएर सम्पूर्ण देशको चिकित्सा शिक्षासित सम्बन्धित राष्ट्रिय मागहरू हुन् । यो आम रूपमा थाहा भएको कुरा हो कि ती मागहरू डा। माथेमाको अध्यक्षतामा बनेको विज्ञहरूको आयोगको सिफारिस अनुसार नै छन् । स्वयं ओली सरकारको सिफारिसमा नै यही सालको वैशाख १३ गते राष्ट्रपतिले जारी गरेको अध्यादेशमा पनि ती मागहरूलाई समावेश गरिएको थियो । त्यसरी ती मागहरू पूरा गर्नु वर्तमान सरकारको पनि नैतिक दायित्व हुन्छ ।

तर अहिले ओली सरकारको सिफारिसमा राष्ट्रिपतिले जारी गरेको अध्यादेशबाट विमुखभई नयाँ विधेयक प्रस्तुत गरेकाले नै डा। के।सी।को अनसन र देशमा एउटा अप्रिय तथा तनावपूर्ण वातावरणको सृजना भएको हो । त्यो अवस्थामा त्यसले पेश गरेको नयाँ विधेयकलाई फिर्ता गरी माथेमा आयोगको प्रतिवेदन र स्वयं आफ्नै सिफारिसमा जारी भएको अध्यादेश अनुरूप विधेयक संसदमा प्रस्तुत गर्नु सरकारको नैतिक जिम्मेवारी हुन्छ ।

सरकार त्यस प्रकारको दायित्वबाट पछाडि हटेमा त्यसबाट अहिले हुने अप्रिय स्थितिको लागि स्वयं सरकार नै जिम्मेवार हुनेकुरा प्रति हामीले सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।

डा। केसीका मागहरू पूरा गराउन स्वास्थ्यकर्मी वा नागरिक समाज समेतले चलाइरहेको आन्दोलनप्रति हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्ने कुरा हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ र अहिले पनि हामी आफ्नो त्यो मतमा प्रतिबद्ध छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...