प्रधानमन्त्रीले राजपा नेतालाई भने- माग असान्दर्भिक भए, पुनर्विचार गर्नुस्

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा), नेपालका कतिपय माग असान्दर्भिक भएको बताएका छन् ।

बिहीबार संविधान संशोधनलगायतका मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुसँग कुराकानी गर्दै ओलीले त्यस्ता माग पुनर्विचार गर्न राजपा नेताहरूलाई आग्रह गरे ।

‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्’, ओलीले भने, ‘त्यसमा तपाईंहरुले पुनर्विचार गर्नहोस् ।’

संविधान संशोधनबारे राजपा नेताले राखेको जिज्ञासामा ओलीले आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘संविधानमा देखिएका त्रुटिहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौं’, ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

प्रधानमन्त्री ओलीले समग्र तराईको विकास गर्न वृहत योजना बनाउने प्रस्ताव समेत राजपा नेताहरूसँग गरेका छन् ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् । तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

अघिल्लो सरकारले अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकाले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराएका थिए ।

छलफलमा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राययादव, राजकिशोर यादव र केशव झा सहभागी थिए । भेटवार्ता राति ८ बजेदेखि करिब डेढ घन्टा चलेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...