डा. केसीका मागमा पूर्व एमाले र माओवादीबीच मतभेद

Ncp6 n

काठमाडौं । डा. गोविन्द केसीका माग र सरकारका गतिविधिलाई लिएर सरकारको नेतृत्व गरिरहेको.दल नेकपाका दुई पूर्व घटकहरु एमाले र माओवादीबीच मतभेद बढेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समुह डा. केसीप्रति कठोर भइरहँदा पूर्व माओवादी केन्द्रका नेताहरु भने डा. केसीका माग जायज भएकाले सम्बोधन गर्नुपर्ने अडानमा छन् । डा. केसीप्रति प्रधानमन्त्रीले देखाएको रवैया गलत भएको र शिक्षा मन्त्री गिरिराजमणी पाखरेल निरिह बनेको पूर्व माओवादी केन्द्रका एक नेताले बताए ।

डा. केसीको अनशनप्रति मौन रहँदै आएका पुर्व माओवादी केन्द्रका नेताहरुले पछिल्लो समयमा आफ्नो मौनता तोडेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीका माग सम्बोधन गर्ने बताएका छन् ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डा. केसीका माग जायज भएको बताएका हुन् ।

‘डा. केसीले उठाएका माग जायज छन् तर, यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ ।’ दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने । माग जायज भए पनि मुलुकमा संसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।

यस्तै, नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले पनि माथेमा कार्यदलको प्रतिवेदन विना पुर्वाग्रह ग्रहण गर्न सरकारसँग आग्रह गरेका छन् ।

नेकपाको सरकारले माथेमा कार्यदलको प्रतिवेदनलाई तोडमोड गरी चिकित्सा शिक्षा विधेयक ल्याउन प्रयत्न गरिरहेका बेला नेता श्रेष्ठले ट्विट गर्दै प्रतिवेदनका सकारात्मक पक्षहरुलाई आत्मसात गर्न आग्रह गरेका हुन्।

श्रेष्ठले समाजवाद उन्मुख शिक्षा र स्वास्थ्य सेवाका पक्षमा माथेमा कार्यदलको प्रतिवेदन उपयोग गर्न सुझाव दिएका छन्। उनले ठण्डा दिमागले सोच्न र जनमुखी हुन पनि नेताहरुलाई आग्रह गरेका छन्।

श्रेष्ठले बिहीबार ट्विट गर्दै लेखेका छन्ः ‘हाम्रो पार्टी ने क पा का नेता कार्यकर्ताहरु र सरकारले पनि माथेमा प्रतिवेदनको सकारात्मक पक्षहरुलाई बिना पुर्वाग्रह आत्मसात गरेर समाजवादउन्मुख चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको पक्षमा त्यसलाई प्रयोग गर्ने तत्परता प्रदर्शन गर्नु पर्छ। गम्भीर होऔं, ठण्डा दिमागले सोचौं र जनमुखी काम गरौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...