सरकारविरुद्ध विपक्षी दलहरुले यसरी कस्दैछन् मोर्चावन्दी

Sherbahadur deuba15

काठमाडौ‌ । पछिल्लो समय सरकार निरंकुश शैलीमा अघि बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुले मोर्चाबन्दी प्रयास गरेका छन् । डा. गोविन्द केसीको मागसहितका विषयमा कांग्रेसले सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको हो।

सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई र राजपाका नेताहरूसँग छलफल गरेका छन्।

कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणका अनुसार सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।

दुर्गमका कमजोर आय भएका पनि डाक्टर र स्वास्थ्यकर्मी बन्न सकून्, मेडिकल क्षेत्र सुधार होस् भन्ने केसीको मागलाई सम्बोधन गर्नु र उनको जीवन रक्षा गर्नु आफूहरूको दायित्व भएको भन्दै देउवाले डा. भट्टराईसँग साथ मागेका थिए।

यस विषयमा प्रधानमन्त्रीलाई भेटेरै र टेलिफोन गरी गम्भीर बन्न आग्रह गरे पनि सकारात्मक जवाफ नआएको पनि बताएका थिए । चिकित्सा शिक्षालाई जोगाउन संसद् अवरोध गर्नु आफूहरूको बाध्यता भएको भन्दै देउवाले साथ दिन भट्टराईलाई आग्रह गरेको खाणले बताए।

जवाफमा भट्टराईले आफू प्रधानमन्त्री हुँदा पनि केसी अनशन बसेको र उनका माग पूरा गराउने प्रतिबद्धता पूरा गराउने सर्तमा अनशन स्थगित भएको बताएका थिए । उनको माग जायज भएको भन्दै माग पूरा गर्ने र उनको जीवन रक्षाका लागि आफू लाग्ने प्रस्ट्याएको खाणले जानकारी दिए।

सभापति देउवाले बिहीबार नै केसीको माग पूरा गराउने सन्दर्भमा राजपा नेताहरूसँग पनि सहयोग मागेका छन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, नेताहरू शरत्सिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, महेन्द्र राय यादवसहितका नेतासँग देउवाले छलफल गरेका हुन् । केसीका जायज माग र जीवन रक्षाका लागि आफूहरू पनि लाग्ने उनीहरूले बताएको खाणले जानकारी दिए।

यसका लागि प्रधानमन्त्री केपी ओलीलाई दबाब दिन तयार रहेको उनीहरूको भनाइ थियो । आफूहरूले वर्तमान सरकारलाई समर्थन गरे पनि केसीको मागका विषयमा सरकारले गर्ने निर्णयपछि आपूmहरू एउटा निर्णयमा पुग्ने राजपा नेताहरूले बताएका थिए।

माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादतीः कांग्रेस
कांग्रेस सभापति देउवाले डा। केसीलाई जुम्लाबाट काठमाडौं ल्याउने क्रममा सरकारबाट ज्यादती भएको बताएका छन्। संसद् बैठक स्थगित भएपछि बाहिरिँदै गरेका देउवाले जुम्ला र माइतीघर मण्डला घटनामा सरकारले ज्यादती गरेको बताएका हुन्।

डा।केसीले उठाएका सबै माग र उनको स्वास्थ्योपचारमा सरकारले ध्यान दिनुपर्ने भन्दै उनले यसअघिको सरकारले संसद्मा पेस गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसद्मा ल्याउन माग गरे।

कांग्रेसले जुम्लामा भएको घटना तथा संसद् आठ दिन पर सारिएको विषयलाई गम्भीर घटना भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै डा। गोविन्द केसीको अनशनप्रति सरकार संवेदनशील नबनेको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...