कान्ति बाल अस्पतालमा कलामा आधारित थेरापी कार्यशाला

Kanti bal ma kala

काठमाडौं । बुधबार कान्ति बाल अस्पतालको एउटा हल भरिभराउँ थियो । जुन हलमा काठमाडौंका अधिकांस अस्पतालका प्रमुख र डाक्टरहरु थिए ।

उनीहरु अरुबेला जस्तो विरामीको उपचार गर्न भेला भएका थिएनन् । उनीहरु कलाकारले बनाएका चित्र हेर्न आएका थिए । जुन चित्रहरु विरामीको मनोविज्ञानलाई बुझाउने संकेतका रुपमा थिए ।

बाल मनोविज्ञान बुझ्न त्यति सजिलो छैन । तर, चित्रको माध्यमबाट उनीहरुको अवस्था बुझ्न सकिन्छ । चित्रकै माध्यमबाट उनीहरुको उपचार पनि गर्न सकिन्छ । त्यही भएर चित्रलाई माध्यम बनाएर डाक्टरहरुलाइृ सिकाउँदै थिए चित्रकारहरुले ।

कान्ति बाल अस्पतालमा गरिएको कला आधारित थेरापी कार्यशालामा सबै डाक्टरहरुलाई भेला पारेको थियो स्व. सूर्यबहादुर थापा फाउण्डेसन र सिद्धार्थ आर्ट ग्यालरीले । यो प्रदर्शनीमा किरण महर्जन, श्रद्धा श्रेष्ठ, मेख लिम्बू, हेम क्युव लगायतका विभिन्न कलाकारले तयार पारेका चित्रकला प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...