नेपाल भारत अनुगमन संयन्त्रको बैठक :भारतीय लगानीका परियोजनाबारे छलफल

6th meeting

काठमाडौं । नेपालको सामाजिक–आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारी ले गरेका छन् ।

बुधबार काठमाडौंमा भएको छलफलमा अन्तरदेशीय रेलमार्ग योजना, एकीकृत चेकपोष्ट, अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण, अरुण तेस्रो जलविद्युत् परियोजना समावेश छन्।

परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले सहअध्यक्षता गरेको उक्त बैठकमा द्विपक्षीय आर्थिक तथा विकास परियोजना कार्यान्वयन प्रगतिको समीक्षा भएको थियो ।

बैठकमा नेपालमा जारी नेपाल–भारत द्विपक्षीय परियोजनाको वर्तमान अवस्थाबारे छलफल हुनाका साथै सबै परियोजनालाई निर्धारित समयमै पूरा गर्न दुवै देशका सम्बन्धित निकायले आवश्यक सहयोग गर्दै सहजकर्ताको भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीच पारस्परिक सहयोगका सयौँ परियोजनामा हस्ताक्षर हुने तर कार्यान्वयनमा भने सधै सुस्तता आएपछि त्यसो हुन नदिन तथा जारी परियोजना निर्धारित समयमा पूरा गर्नेगरी सहजकर्ताको भूमिका निर्वाह गर्न दुई वर्षअघि नेपालका प्रधानमन्त्रीबाट भएको राजकीय भ्रमणका बेला अनुमगन संयन्त्र गठन भएको थियो ।

 

प्रतिकृया दिनुहोस