विधेयक जवर्जस्ती ल्याए संघ र प्रदेश संसद अवरुद्ध गर्छौं : कांग्रेस

Congress

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले चिकित्सा शिक्षा विधेयक जवर्जस्ती संसदमा ल्याए संघीय संसदसहित प्रदेश संसद पनि अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।

बुधबार काठमाडौंमा संचारकर्मीमाझ प्रवक्ता शर्माले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जब्बर्जस्ती अघि बढाए संघीय संसद र सबै प्रदेशका प्रदेशसभा पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन् ।

उनले बिहिबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएकाले गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पनि स्पष्ट पारे । जिम्मेवार प्रतिपक्ष भएको नाताले प्रधानमन्त्रीले बिहिबार सम्बोधन गर्ने गण्डक प्रदेशको सभा भने अवरुद्ध नपार्ने पार्टीको नीति रहेको प्रवक्ता शर्माको भनाई छ ।

यसैबीच, नेपाली कांग्रेसले ढिलोमा आगामी असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भदौको मसान्त वा असोजको पहिलो हप्ता भित्र पार्टीको महासमिति बैठक बोलाउने जानकारी दिए । उनले पार्टीको विधान मस्यौदा समिति बिहिबार गठन हुने विश्वास पनि व्यक्त गरे ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानमा बस्ने सदस्यहरुको नामावली दिने सहमति गरेको उल्लेख गर्दै उनले बिहिबार विधान मस्यौदा समिति गठन हुने विश्वास व्यक्त गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विधान मस्यौदा समिति निर्माणका विषयमा बुधबार विहान छलफल भएको थियो ।

सोही छलफलमा नेताहरु विधान मस्यौदा समिति गठन गर्न सहमत भएको प्रवक्ता शर्माले बताए । विधान मस्यौदा समिति बढिमा ११ सदस्यीय हुने गरी छलफल अघि बढाएको पनि उनले बताए ।

विधानलाई टोल समितिसम्म छलफल गरेर पारित गर्ने विधि पनि तय गरिएको नेपाली कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले विधानमा व्यापक छलफल गरी टुंगो लगाउन कम्तिमा ४० दिन लाग्ने र त्यसलगत्तै महासमिति बैठक बोलाउने तयारी गरिएको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...