सरकार समर्थक दल राजपा पनि डा. केसीको पक्षमा

First articles photo 140

काठमाडौं । सरकारलाई समर्थन दिएको राष्ट्रिय जनता पार्टी, नेपालले पनि वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । राजपा नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले डा. केसीको मागमा लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो ।

बैठकले वरिष्ठ चिकित्सक केसीका माग पुरा गरी जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारसँग आग्रह गरेको हो । गोविन्द केसीको आमरण अनसन तोडाउन वार्तामा जोड दिन पनि सरकारसँग आग्रह गरिएको नेता राजकिशोर यादवले जानकारी दिए । बैठकले वरिष्ठ चिकित्सक केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ ।

पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय पनि अनुमोदन गरेको छ । त्यसैगरी महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने निर्णय पनि गरिएको नेता यादवले बताए । पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बुधबार पुनः अध्यक्ष मण्डलको बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...