कांग्रेसले बनायो सदन र सडकमा संघर्ष गर्ने योजना

Nepali congress 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

कांग्रेसले बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै बिहीबारदेखि संघर्ष थालने घोषणा गरेको हो । बिहीबार एकै दिन सबै जिल्लामा प्रदर्शन गर्ने कांग्रेसको योजना छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । पार्टी मुख्यालय सानेपामा मंगलबार पार्टीका भातृ तथा शुुभेच्छुक संस्थाका प्रमुुखहरुसँगको बैठकमा उपसभापति विमलेन्द्र निधिले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

जस अनुुसार साउन ३ गते संसद अवरुद्ध गर्ने र सोही दिन सडकमा विरोध प्रदर्शन गरिने छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभामा पनि माथेमा कार्यदलको प्रतिवेदनका आधारमा यसअघि नै संसदमा दर्ता गराइएको चिकित्सा शिक्षा बिधेयक हुुबहुु पारित गर्नुपर्ने भन्दै साँसदहरुले बिरोध गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन नेपाल चिकित्सक संघ र प्रजातन्त्रवादी प्राध्यापक संघको अगुवाईमा माइतीघर मण्डलाबाट शुरु हुने विरोध प्रदर्शन नयाँ बानेश्वरस्थित प्रतिनिधि सभा अगाडि पुुगेर कोणसभा गरिनेछ । विरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका विरुद्ध आन्दोलनमा जानु परेको बताए । अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उनले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुुपर्ने उल्लेख गरे ।

चिकित्सा शिक्षाको विरोधमा तरुण दलले साउन ५ गते काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी, साउन ६ गते बीपी कोइरालाको स्मृति दिबस अबसरमा केन्द्र र जिल्लामा बिविध कार्यक्रम गरी मनाइने भएको छ ।

प्रतिकृया दिनुहोस