सरकार पछि हट्यो, डा. केसीका प्रतिनिधिसँग वार्ता सुरु

Kc

काठमाडौँ । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।

डा. केसी जुम्लाबाट काठमाडौँ नआएसम्म वार्ता नगर्ने अडान लिएको सरकार पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जुम्लाबाट काठमाडौँ नआएसम्म वार्ता नहुने बताउँदै आएका थिए । तर मंगलबार आफ्नो अडानबाट पछि हट्दै सरकार वार्तामा बसेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता सुरू भएको हो ।

मन्त्रिपरिषद्ले सोमबार मात्र शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो ।

सोमबारनै दुई पक्षबीच वार्ता भएपनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरि वार्ता सुरू भएको हो ।

केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन् ।

वार्ताअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुवै वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सरकारी पक्षले केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै काठमाडौं ल्याउन सहयोग गर्न आग्रह गरेको छ । केसीका प्रतिनिधिले भने संसदमा दर्ता विधेयक फिर्ता भएको अवस्थामा मात्र केसी काठमाडौं आउने बताएका छन् ।

चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधानहरू हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएको विरोधमा डाक्टर केसी जुम्लामा १८ दिनदेखि अनसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...