कवितामा गुञ्जिए प्रधानमन्त्री ओली, भन्छन्, ‘अब विद्रोहको कुरा गर्नु नाटक सरह’

Kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान सरकार समृद्धि र रुपान्तरणको दिशामा सजगताका साथ अघि बढिरहेको बताएका छन् ।

‘विगतमा प्रश्रव वेदनाको अवस्थामा हामी थियौँ, त्यसबेला विद्रोहको स्वर स्वभाविक हुन्थ्यो, अब बच्चाको लालनपालन गर्ने समय आएको छ ।

‘यसबेला विद्रोहको कुरा गर्नु नाटकसरह हुन्छ’, ओलीले भने, ‘नेपाल सुतिरहेको छैन, जागेको छ र अगाडि बढ्न चाहिरहेको छ। हामी विकास भन्नाले एउटै कुरामा मात्र बुझ्दैनौँ, साहित्य, संस्कृति र कलाको विकास पनि विकास हो ।’

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको समापनका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली र नेपालीभाषीको भाव तथा संस्कारलाई संरक्षण गर्न स्वदेशी र विदेशी सहभागीलाई आह्वान गरे ।

साहित्यको महत्व दर्शाउँदै उनले भने, ‘कविता नसुन्ने त भैँसी हुन्छ । गीत गाउनुस् भैँसीले मतलब गर्दैन, उघ्राएर बस्छ। मैले चन्द्रागिरि आएर समय खेर फालेको छैन। निःशुल्क रुपमा कविता र विचार सुनेर राति पनि बत्ति बल्ने सोलार प्यानल प्राप्त गरेको छु। म चार्ज भएको छु।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आँफैले पनि कविता बनाएर सुनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...