विप्लवसँग निर्णयक वार्ता गर्ने जिम्मा मोहन र विमललाई

Chh

काठमाडौँ । क्रान्तिकारी माओवादी र नेकपा (माओवादी) ले नेपाल कम्युनिस्ट पार्टीसँग निर्णयक वार्ता गर्ने सहमति गरेका छन् ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र माओवादीका संयोजक विमल अधिकारीबीच भएको छलफलमा नेकपासँग पार्टी एकता गर्ने र त्यसको लागि महासचिव विप्लवसँग निर्णयक वार्ता गर्ने सहमति भएको हो ।

छलफलमा महासचिव वैद्यले क्रान्तिकारी ध्रुविकरण आवश्यक बन्दै गएको र त्यसका लागि ठोस पहल गर्नुपर्ने बताए । ‘दक्षिणपन्थी र संशोधनवादीहरु एक जुट भइरहेका छन् । उनीहरु बलियो भन्दै गएका छन् । क्रान्तिकारी एक नहुने हो भने क्रान्तिकारी आन्दोलन कमजोर हुनुको साथै जनता निरास हुन्छन्’ वैद्यले छलफलमा भने । उनले त्यसको क्रान्तिकारी धारामा रहेका सबैसँग निर्णयक छलफल गर्नुपर्ने बताए ।

त्यसैगरी छलफलमा सहभागी माओवादीका संयोजक अधिकारीले नेपाल कम्युनिस्ट पार्टी मुख्य क्रान्तिकारी शक्ति भएको बताउँदै उसँग एकता गरेर जानु पर्नेमा बताए ।

दुबै पार्टीबीच भएको छलफलमा विप्लवसँगै निर्णयक वार्ता गर्ने सहमति भएको माओवादीका संयोजक अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...