डा. केसीसँग वार्ता गर्न टोली बनाउने सरकारको तयारी, अडान आ–आफ्नै

Dr. kc

काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने तयारी भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । डा. केसीसँग अनौपचारिक सम्वाद भइरहेको र अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी भएको उनले जानकारी दिएका हुन् ।

श्रेष्ठले जुम्लामा आईसीयू नरहेको भन्दै डा. केसीलाई तत्काल काठमाडौं ल्याउनुपर्ने बताएका छन् । तर, डा. केसीका समर्थकहरुले भने त्यसका लागि सरकारले वातावरण बनाइदिनु पर्ने बताएका छन् ।

जुम्लामा १६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ । डा. केसीको स्वास्थ्य गम्भीर भए बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याएर उपचार गर्ने सरकारको तयारी छ ।

तर, डा. केसीका माग हुवहु पुरा गर्न नसकिने सरकारी पक्षको अडानका कारण वार्ताको वातावरण भने बनिसकेको देखिंदैन ।

छलफलहरुमा नेकपाका प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा अध्यादेशको हुबहु हुनै नसक्ने बताए । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक सहमति विना चुनावी प्रयोजनका लागि ल्याएको अध्यादेश स्वीकार्य नभएको उनले बताए ।

तर, माथेमा कार्यदलको प्रतिवेदनलाई आधार मान्ने गरी छलफल गर्न सकिने बताएको छलफलका एक सहभागीले बताए । डा. केसीले भने माथेमा प्रतिवेदनअनुसार नै अध्यादेश आएकाले हुबहु हुनु पर्ने अडान राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...