कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः अब केही सांसद ठिंग उभिंदैमा संसद अवरोध हुन्न

Kp sharma oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसद अवरुद्ध गर्न नदिने चेतावनी दिएका छन् । नेकपाका प्रदेश–३ का सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले अब दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताए ।

‘एउटा निहुँ झिकेर दुईजना संसद ठिंग उभिँदा संसदका सबै गतिविवि अवरुद्ध हुने हुनु हुँदैन’ ओलीले भने, ‘नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने, त्यसपछि संसदको कारबाही अवरुद्ध हुने ? अब यस्तो हुँदैन, दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिँदैन।’

देश विकासका कुरा,जनताको चासोका कुरा बहस गर्ने थलोलाई कोही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताउँदै ओलीले भने, ‘हामी दुई तिहाइ बहुमतमा छौँ। हाम्रा माननीयहरुले विकासका कुरा ससदमा जोडदार उठाउनु पर्छ, आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ।’

प्रधानमन्त्री ओलीले साउन महिना भित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिनेपनि बताएका छन्। ‘साउन भित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ, त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्’ उनले भने, ‘अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ, अब त्यो रोकिन्छ।’

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार असफल नहुने र जनताको भरोसालाई सधैँ शिरोधार्य गर्ने बताए।
यसैबीच प्रधानमन्त्री ओलीले आफुले मानवअधिकार नबिर्सिएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको सम्मुन्नत लोकतन्त्र स्थापित गर्ने सरकारको मार्गचित्रलाई नबुझेर मानवअधिकार विर्सेको टिप्पणी हुने गरेको दाबी पनि गरेका हुन्।

उनले २१ औं शताब्दिको मानवियता भित्र स्वतन्त्रता, सुरक्षा, सम्मान जस्ता सबै विषय पर्ने भन्दै प्रेस स्वतन्त्रता र मौलिक हक प्रति सरकार सचेत रहेको स्पष्ट पारे । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको हिमवत् खण्ड कला साहित्य सम्मेलनको उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले कडा शुसासन र तिब्र विकासबाट मुलुकलाई सम्वृद्ध बनाउने दोहोर्‍याए।

सत्ताको दुरुपयोग, चाकडी र दमन गरेर सम्वृद्ध हुने विगतको परम्परा भन्दा फरक आफ्नै साधन, स्रोत र बुद्धीबाट मुलुकलाई सम्वृद्ध मुलुक बनाउने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...