अनेरास्ववियू र क्रान्तिकारीबीच एकता प्रक्रिया सुरु

Annfsu

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनहरु अनेरास्ववियू र अखिाल क्रान्तिकारीबीच एकता प्रक्रिया शुरु भएको छ । पार्टी एकता भएपछि पार्टीकै निर्देशनअनुसार विद्यार्थी संगठनहरुबीच एकता प्रक्रिया शुरु भएको हो ।

दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए । उनका अनुसार एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ ।

तीन मस्यौदा तयार गर्नका लागि चाँडै जिम्मेवारीसमेत तोकिने भएको छ । दुई संगठनबीच एकता प्रक्रियाको शुरुआत क्याम्पस कमिटीबाट समेत गर्ने निर्णय भएको छ ।

यस्तैगरी एकता नटुङ्गिँदासम्मका लागि अबदेखि विद्यार्थीको कार्यक्रम गर्दा दुई वटै संगठनको संयुक्त तुलमा गर्ने समेत सहमति भएको सचिव लामिछानेले बताए । बैठकमा एकता कार्यदलमा रहेका अखिलका इन्जार्ज तथा संस्कृति, पर्यटन, नागरिकमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...