केनले हृयाट्रिकले इंग्ल्याण्डले बनायो कीर्तिमानी जित

England khel

काठमाडौं । विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

प्रतियोगितामा इंल्यान्डले पानामामाथि ६–१ को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । ६–१ ले हराएर जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको इंग्ल्याण्डले आफ्नो विश्वकप इतिहासकै धेरै गोलको कीर्तिमान पनि बनाएको छ ।

सन् १९८६ मा पाराग्वे र पोल्याण्डलाई साथै सन् २००२ मा डेनमार्कलाई ३–० ले हराएपछि यो नै इंग्ल्याण्डको ठूलो अन्तरको जित हो । इंग्ल्याण्डका लागि कप्तान हृयारी केनले हृयाट्रिक पूरा गरे ।

खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका उनले पहिलो हाफको थप समयमा दोस्रो गोल पेनाल्टीमार्फत नै गरे । यस्तै उनले ६२ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे ।

पानामाका लागि फिलिप बालोयले खेलको ७८ औं मिनेटमा गोल गरे । खेलमा ६२ प्रतिशत समय बल इंग्ल्याण्डको नियन्त्रणमा थियो । इंग्ल्याण्डले प्रहार गरेका ११ सटमा ७ सट पोस्टको दिशामा थिए । पानामाले प्रहार गरेका ६ सटमा दुई सट पोस्टको दिशामा थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...