खुला भलिबलको उपाधि होम र कुन्दनको जोडीलाई

Bhalibal

काठमाडौं । चौथो सेब टू ए साईड खुला भलिबल प्रतियोगिताको उपाधि होम पुन र कुन्दन शाहीको जोडीले जितेको छ।नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा शनिबार भएको फाइनल खेलमा होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेटमा होम र कुन्दनको जोडीले २१–९ ले जितेपछि दोस्रो खेलमा पुनरागमन गर्दै मनवीर र सोवितको जोडीले १८–२१ ले आफ्नो पक्षमा पारेका थिए। निर्णायक सेटमा २१–१० को जित हासिल गर्दै होम र कुन्दनले ३५ उपाधिसहित ३५ हजार रुपैयाँ पुरस्कार पाए।

उपविजेता मनवीर र सोवितले २० हजार पुरस्कार पाए भने युवराज छन्त्याल र सन्तोष बुढाले वाकओभर दिएपछि तेस्रो स्थानमा प्रकाश शेरचन र ओमप्रकाश जिसीले जिते। उनीहरुले १० हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको मुख्य प्रायोजक सेव स्कुलका प्रधानअध्यापक युवराज थापाले पुरस्कार वितरण गरेका थिए।

चार दिने प्रतियोगिताको उत्कृष्ट खेलाडी होम पुन घोषित भए। प्रतियोगितामा ५८ टिमले नकाउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...