चम्कियो बेल्जियम, लुकाकुले गरे एक्लैले दुई गोल

Beljiam khel

काठमाडौं । विश्वकप अन्तरगत ट्युनेसियासँगको खेलको पहिलो हाफमा बेल्जियमले ३–१ को अग्रता लिएको छ ।

पहिलो हाफमा चम्किएका बेल्जियमका लुकाकु एक्लैले दुई गोल गरेर आफ्नो टीमलाई अग्रता दिलाएका छन् ।

लुकाकुले जारी विश्वकपमा ४ गोल गरिसकेका छन् । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पनि विश्वकपमा ४ गोल गरेका छन् ।

बेल्जियमका कप्तान हाजार्डले खेल सुरु भएको छैठौं मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाए । १६ औं मिनेटमा लुकाकुले गोल गर्दै आग्रता दोब्बर बनाए ।

तर, त्यसको दुई मिनेटपछि नै ट्युनेनियाले गोल फर्काएको थियो । ट्युनिसियाका ब्रोनले १८ औं मिनेटमा हेड गोल गर्दै २–१ को स्थितिमा ल्याए । फेरि पहिलो हाफको अतिरिक्त समयमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फेरि २ गोलको अग्रता दिलाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...