नेकपाद्धारा नेपाल–चीन सम्झौताको स्वागत

China sangako sahamati nekpale swagat

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पुर्वाधार निर्माण सम्बन्धी सम्झौताको स्वागत गरेको छ ।

बिहिबार साँझ कार्यवहाक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडांडामा बसेको नेकपाको सचिवालय बैठकले सम्झौताको स्वागत गरेको हो ।

बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको रेल विस्तार लगायत पुर्वाधार विकासमा दुईपक्षीय सम्झौता हुनु सुखद भएको भन्दै त्यसलाई स्वागत गरेको छ । कार्यवहाक अध्यक्ष नेपालले प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति सम्झौताबारे बैठकलाई जानकारी गराउनुको साथै समसामयिक विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपका अध्यक्ष एवं प्रधानमन्त्री ओली चीन भ्रमणमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि विदेश गएकाले कार्यवहाक अध्यक्षको जिम्मेवारी नेपालले सम्हालेका छन् ।

चीन भमणका क्रममा प्रधानमन्त्री ओली र चीनीया समकक्षी ली खस्याङबीच बिहिबार केरुङ हुदै काठमाडौं  आउने इलेक्ट्रिक कार्गो रेल संञ्चालन लगायत विषयमा १० बुँदे सहमति र ४ बुँदे समझदारी भएको छ ।

प्रतिकृया दिनुहोस