भौतिक पूर्वाधार मन्त्री महासेठ कामचोर ठेकेदारका पक्षमा

Raghubir mahaseth 1024x784

काठमाडौ‌ । यातायात क्षेत्रमा सिन्डिकेट पक्षधरलाई साथ दिने प्रयास गरेका यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ कामचोर ठेकेदारको पक्षमा उभिएका छन् ।

मन्त्री महासेठले सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई जोगाउन खोज्दाखोज्दै गृह मन्त्रालयको पहलमा यातायातको सिन्डिकेट तोडियो र उनी तोडिएको सिन्डिकेटको जस लिन मरिहत्ते गरेर लागे ।

अहिले गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएका बेला मन्त्री महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्।

मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन्।

काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरीत गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपूर्ण टिप्पणी गरेका हुन्। ‘ठेकेदारलाई पक्राउ पर्नै नदिने, पक्राउ परेमा तुरुन्त आफूलाई खबर गर्न’ पनि मन्त्री महासेठले व्यवसायीलाई सुझाएका छन्।

‘निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष हुँदैन,’ निर्माण व्यवसायी महासंघ प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले भने, ‘कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन। यस्ता कारणले पनि निर्माण कार्य ढिला भएका छन्’, महासंघले गृह प्रशासनबाट भइरहेको धरपकडबाट जोगाउन आग्रह गरेपछि जवाफमा मन्त्री महासेठले यस्तो आश्वासन दिएका हुन्।

मन्त्री महासेठले व्यवसायीसमक्ष निर्माण कार्यमा कमजोरी देखिए त्यसमा व्यवसायीमात्र नभएर प्राविधिक पनि दोषी ठहरिने बताएका थिए। ए क्लासका कन्ट्रयाक्टर देश विकासका लागि मेरुदण्ड भएको उल्लेख गर्दै महासेठले भने, ‘वर्तमान सरकार सबै निर्माण व्यवसायीलाई स्थापित गर्न चाहन्छ।’

मन्त्री महासेठको यो भनाइले एउटै पार्टीको सरकार भए पनि दुई मन्त्रीबीचको कार्यशैलीमा विरोधाभास रहेको मात्र होइन, विवादसमेत रहेको देखिएको छ। गृहले एक महिनाअघि समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई थालेको कारबाहीप्रति मन्त्री महासेठ मौन रहँदै आएका थिए।

गृहमन्त्री थापाले समयमा काम सम्पन्न नगर्ने ठेकेदारको सूची संकलन गरी पक्राऊ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका र त्यसैअनुरुप कार्यान्वयन हुन थालेपछि मन्त्री महासेठको यो टिप्पणी आएको हो।

ठेक्का सम्झौताबमोजिम काम पूरा नगर्ने ठेकेदारविरुद्ध गृहले कडा कदम चालेपछि उनीहरुले मन्त्री महासेठमार्फत लबिङ गरे। र, मन्त्री महासेठ अहिले व्यवसायीको प्रभावमा गृहको काम उल्टाउनतर्फ लागेका हुन् । यता, गृहको निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालयले कामचोर ठेकेदारमाथि कारबाही सुरु गरेको मात्र होइन, केही ठेकेदार पक्राउसमेत परिसकेका छन्।


गृहमन्त्रीको चेतावनीपछि पक्राउ परिने डरले ठेकेदारहरुले लामो समयदेखि रोकिएका विभिन्न आयोजनाका काम सुरु गरेका छन् । सार्वजनिक निर्माण क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेकै बेला तालुक मन्त्रालयका मन्त्री महासेठ भने कामचोर ठेकेदारका पक्षमा लागेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...