चीन भ्रमणअघि प्रधानमन्त्री ओलीले लिए पूर्व प्रधानमन्त्रीहरुसँग सुझाव

Pm le liya sujhab

काठमाडौं । आशन्न चीन भ्रमण अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले आईतबार सिंहदरबारमा पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक भेट गरी आफ्नो चीन भ्रमणबारे परामर्श गरेका हुन्।

प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा जाँदै छन्। त्यसका लागि आवश्यक सुझाव लिन उनले पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गरेका हुन्। परामर्शका क्रममा पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका थिए।

पारवहन लगायतका सम्झौता कार्यान्वयनमा ठोस सहमति हुने र चीनको आर्थिक विकासबाट नेपालले बढिभन्दा बढि लाभ प्राप्त गर्न प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास पूर्व प्रधानमन्त्रीहरुले व्यक्त गरेका भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

भेटमा पूर्व प्रधानमन्त्रीहरुले नेपालको विकासमा चीनको लगानी बढाउन पनि जोड दिन प्र्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराएका थिए। यता, प्रधानमन्त्री ओलीले भने आफ्नो चीन भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध र आर्थिक साझेदारी उचाईमा पुग्ने व्रिश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सिंहदरबार पुगेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...