यसकारण विफल बन्दैछ राप्रपा मिलाउने पूर्वराजाको योजना

Rpp gyanendra vet

काठमाडौं । जसले जे भने पनि र जतिसुकै ठूला कुरा गरे पनि पूर्व पञ्चहरुले पूर्वराजा ज्ञानेन्द्रको सल्लाह मान्छन् । तर, पूर्वपञ्चहरुकै पार्टीका शीर्ष नेतृत्वका लागि पूर्वराजाको सल्लाह निल्नु न ओकल्नु भएको छ ।

राजतन्त्रको मुद्दा बोक्ने पूर्वपञ्चहरुको तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरुलाई पूर्वराजा ज्ञानेन्द्रले वैशाख अन्तिम साता भेटेर पार्टी एकता गर्ने सल्लाह दिए ।

निर्मल निवासमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर राणा र एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई एकै दिन तर, छुट्टाछुट्टै भेटेर एक भएर जान सल्लाह दिए । त्यही दिन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पनि पूर्वराजाले भेट गरे । तर, अहिलेसम्म उनीहरुले टेर पुच्छर लगाएका छैनन् । त्यसको एउटै मात्र कारण हो नेतृत्वको सवाल ।

हालका तीन पार्टीका तीन नेताले अहिलेसम्म आ–आफ्नै ढंगले डम्फु बजाइरहेका छन् । तँ ठूलो की म ठूलो भन्ने डम्फु बजाउँदा पूर्वराजा ज्ञानेन्द्र पनि वाक्कदिक्क भइसकेका छन् ।

अध्यक्षमा आ–आफ्नै दाबी
पूर्वराजाको चाहना र सल्लाह सबै राप्रपा एक हुन् भनने हो । त्यही सल्लाहबमोजिम दुई राप्रपाले पार्टी एकता गर्नेगरी वार्ता समिति पनि बनाइसकेका छन् ।

तर, एकतामा जटिलता पैदा हुनुको एउटै मात्र कारण कारण चाहिँ अध्यक्ष सम्बन्धी विवाद नै हो । थापा, राणा र लोहनीले आफु जुनसुकै हालतमा पनि अध्यक्ष नछाड्ने अडानमा छन् । तर, पछिल्लो समय पूर्वराजा शाह भने थापाकै नेतृत्वमा राप्रपा एकिकृत होस् भन्ने चाहना राखेका कारण एकता प्रक्रिया लम्बिएको छ ।

राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकता भएपछि अध्यक्ष आफैंले पाउनुपर्ने तर्क दावी गर्दै आएका छन् । यता, राप्रपा (प्रजातान्त्रिक) का पशुपति समशेर राणाले अध्यक्ष छाड्न मानेका छैनन् । एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी आफैुले एकीकृत पार्टीको अध्यक्ष बन्न पाए मात्रै एकता गर्ने पक्षमा छन् ।

तर, राप्रपा (प्रजातान्त्रिक) का सहप्रवक्ता त्यो कुरा स्वीकार्न तयार छैनन् । ‘मंगलबारदेखि मात्रै दुई पार्टीबीच वार्ता सम्बाद हुने भएकाले अहिले अध्यक्ष को बन्छ भन्नु हतार मात्रै हुनेछ’ उनले भने, ‘जे भए पनि असारभित्र केही न केही निष्कर्ष पक्कै निस्किन्छ ।’

यतिबेला लोहनी पक्षधरले भने कमल थापालाई कार्यकर्ताले समेत नस्वीकार्ने र पशुपतिबवाट पार्टी चल्दैन भन्ने पक्षमा छन् । यसको अर्थ जसरी पनि आफैंले पार्टीको नेतृत्व गर्न पाउनुपर्छ भन्ने हो ।

३ अध्यक्षको प्रस्ताव 
अहिले नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकता हुँदा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्न सक्छन् भने राप्रपामा तीन अध्यक्ष किन बन्न सक्दैन ? त्यसैको सिको गर्दै तीन जना अध्यक्ष बनाउने विकल्प पनि आएको छ ।

आखिर त्यो विकल्प किन त ? तीन ठूला नेताको हैसियत बराबर छ भन्ने देखाउन त्यसो गरिँदैछ भन्ने धेरैको आँकलन छ ।

राप्रपा (प्रजातान्त्रिक) ले बनाएको वार्ता समितिका संयोजक दीपक बोहोरा पनि तीन अध्यक्ष बनाउने पक्षमा छन् । त्यसैको लविङमा लागेका छन् बोहोरा ।

तर, अहिलेसम्म राणा र थापाले यसलाई स्वीकार गरेका छैनन् । डा. लोहनी भने अमेरिकामा रहेका कारण यसबारे डा. लोहनीको औपचारिक धारणा आएको छैन । तर, डा. लोहनी आफैं चाँही थापा र राणाको नेतृत्व स्वीकार्ने पक्षमा छैनन ।

यसले गर्दा एउटै पार्टी बनाएर तीन जना अध्यक्ष बन्लान र ठूलो पार्टी बन्नसक्ला भन्न अवस्था देखिएको छैन । यो कुरा बोहोराले डा. लोहनीसमक्ष जेठ पहिलो सातामै प्रस्ताव गरेका थिए ।

तर, डा. लोहनी जेठ १६ मा अमेरिका गएपछि त्यो कुराले महत्व पाएको छैन । डा. लोहनी नआउञ्जेल एकता प्रक्रिया वा औपचारिक रुपमा एराप्रपा (राष्ट्रवादी) सँग वार्ताको प्रक्रिया अघि बढ्ने सक्भावना छैन । डा. लोहनी असार २३ आउने कार्यक्रम रहेको एराप्रपा (राष्ट्रवादी) का सहप्रवक्ता जनकराज पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...