सरकारलाई थप प्रभावकारी बनाउने नेकपा स्थायी कमिटिको निर्णय

Nekapa

काठमाडौं । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकतालाई सुदृढ बनाउदै सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेकपाको पहिलो स्थायी समिति बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सिंगो पार्टी पंक्तिलाई सुदृढ र एकतावद्ध बनाउदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने दिशामा अघि बढ्न निर्देशन दिएका हुन्।

पार्टी एकता पछिको अहिलेसम्मको सांगठनिक एकिकरण, राजनीतिक परिस्थिति र सरकारको कामबारे बैठकमा समीक्षा गरिएको छ। पार्टी एकीकरण अद्धितीय र असाधारण तथा विशिष्ठ रहेको भन्दै सांगठनिक संरचनालाई मजबुत बनाउदै सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन मद्दत पुर्याउने निर्णय पनि बैठकले गरेको छ।

पार्टीको नियमावलीको बारेमा १० दिन भित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई सोही आधारमा सचिवालय बैठकले नियमाविलाई स्थायी समितिमा पेस गर्ने निर्णय पनि बैठकमा भएको छ।

त्यसैगरी स्थानीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल र स्थायी समिति सदस्य एंव परराष्टमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बारेमा बैठकलाई जानकारी गराउदै ऐतिहासिक रुपले भ्रमण सफल हुने विश्वास व्यक्त गरेका थिए। बैठकमा महासचिवले सांगठनिक प्रतिवदन प्रस्तुत गरेका थिए।

स्थायी समिति बैठकले पार्टी एकता अदितिय र असाधारण भएको निष्कर्ष निकालेको छ। बैठकले एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनु पर्नेमा जोड दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...