नियम कानुन र संविधानको पालना गर्न सरकारको ध्यानाकर्षण

Download 2

काठमाडौँ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिदै गएको उल्लेख भन्दै नियम कानुन र संविधानको पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्ने त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन । सरकारका सबै निकायबाट धम्क्क्याउने ,धर्काउने तथा खिसिट्युरी गर्ने काम भएको भन्दै उनले दुई तिहाईको दम्भ देखाईए प्रतिपक्षी दलले त्यसको ससक्त प्रतिवाद गर्ने चेतावनी नै दिए ।

संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउदा अग्रपक्तिमा बसेकाहरुले नै अहिले सोही व्यवस्थाको गलत व्याख्या गर्ने गरेको भन्दै उनले सभामुखको गम्भीर ध्यानाकर्षण गराए । संविधान बनाउदा अग्रपक्तिमा बसेर गरिएको व्यवस्थालाई दलिय जिम्मेवारीको बोधबाट गलत व्याख्या गर्नु उचित नहुने टिप्पणी उनले गरे । संविधान कुल्चेर दुई तिहाईको दम्भले नभई संसदिय अभ्यासको अनुकरणीय काम गर्न उनले सरकारलाई सचेत गराए ।

मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा उहाँले गम्भीर आपत्ती जनाए । सबै प्रतिष्ठानले उदाहरणीय काम गरिरहेको भन्दै उनले प्रज्ञा प्रतिष्ठानको अपमान गर्ने असंगति पुर्ण काम नहोस् भनि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

उनले भने “ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गामा आखा लाग्यो भन्ने कुरा आएको छ, जग्गामा आखा लाग्या हो कि के हो । प्रज्ञालाई यसरी आखा लगाउन पाईदैन । प्रज्ञालाई यसरी अपमान गर्न पाईदैन । प्रज्ञा धेरै मेहेनत साथ यहाँ पुगेको छ । २० लाख पर्यटक ल्याउदा के देखाउने । ललितकला प्रज्ञा प्रतिष्ठानको जग्गा लिएर २० तले भवन बनाउने व्यापारिक प्रयोजनका लागि अनि त्यसैका लागि पर्यटक ल्याउने संगति त हुनुपर्यो नि मन्त्रालयका कामहरुमा । यस्ता असंगतिपुर्ण कामहरु नहोस्, अनुरोध गर्न चाहन्छु । ”

उनले पर्यटन मन्त्रालयले वेभसाईटमा तस्वीर थप्ने बाहेक उल्लेख्य काम गर्न नसकेको भन्दै भैपरि आउने शिर्षकमा राखिएको १० करोड बजेट कटौतिको माग गरे । २० लाख पर्यटक भित्र्याउने भनिएपनि त्यसका लागि कुनै आधार र काम पर्यटन मन्त्रालयले गर्न नसकेको र पर्यटन मन्त्रीले त्रिभुवन विमानस्थलका कर्मचारीलाई धम्क्याउने काम गरेको आरोप उनले लगाए । विमानस्थललाई २१ घण्टा सञ्चालनमा ल्याइएपनि थप गरिएको ३ घण्टामा जहाज अहिले सम्म अवतरण गर्ने व्यवस्था नगरिएको दाबी उनले गरे ।

सार्वजनिक सेवा प्रशारणमा सरकार हस्तक्षेपकारी बन्दै गएको भन्दै उहाँले सम्पत्ति विवरण पत्रकारले देखाए भन्दैमा कार्यक्रम बन्द गरिएकोमा आक्रोश पोखे । उनले भने, “यही हो नमुना सार्वजनिक सेवा प्रसारणमा जाने सरकारको ।”

प्रतिकृया दिनुहोस