मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द !

Ntv

काठमाडौं । नेपाल टेलिभिजनबाट १२ वर्षदेखि प्रशारण हुँदै आएको लोकप्रीय कार्यक्रम मन्त्रीलाई सोधेको एउटा प्रश्नका कारण बन्द भएको छ ।

सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द भएको हो ।

कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए ।

कार्यक्रम बन्द भएपछि सो कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रश्न सोधेकै कारण कार्यक्रम बन्द गरिएको भन्दै बर्तमान सरकारको ब्यापक आलोचना भएको छ ।

प्रतिकृया दिनुहोस