नेपाल भारत सीमानामा पर्खाल र काँडेतार लगाउ : किराँती

Gopal kirati

काठमाडौं । पुनर्गठित नेकपा माओवादी केन्द्रले नेपाल भारत सीमानामा अग्लो पर्खाल र काँडेतार लगाउन माग गरेको छ ।

गोपाल किराँती नेतृत्वका पुनर्गठित नेकपा माओवादी केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रियताका लागि भारत विरुद्ध प्रतिरोध संघर्ष गर्ने समेत जनाएको छ।

पुनर्गठित नेकपा माओवादी केन्द्र महाधिबेशन आयोजक समितिको मंगलबार र बुधबार गरि दुई दिनसम्म बसेको बैठकले सो दलका पदाधिकारीहरु समेत चयन गरेको छ । पार्टी अध्यक्षमा गोपाल किराँती, उपाध्यक्षमा भविश्वर पराजुली र तिलक थापा, महासचिवमा कर्णजीत बुढाथोकी ‘सुशील’ र सचिवमा राजन तिम्सिना लाई चयन गरिएको अध्यक्ष किराँतीले जानकारी दिए।

बैठकले प्रदेश १ मा तिलक थापा, प्रदेश २ मा राजन तिम्सिना, प्रदेश ४ र ५ मा भविश्वर पराजुली, कर्णाली र प्रदेश ७ मा कर्णजीत बुढाथोकीलाई इन्चार्ज तोक्ने निर्णय गरेको छ ।

अध्यक्ष किराँतीले महंगीको मारमा परेका गरिव जनतालाई तत्काल विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भूकम्प पीडितलाई ५ लाख अनुदान सहायता उपलब्ध गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । समृद्धिको नारा दिने सरकारले पीडितलाई राहत दिन डराउन नहुने अध्यक्ष किराँतीको भनाई थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...