बाबुराम भट्टराई भन्छन्, नेकपा डाइनोसर जस्तो हो

Dr.vattarai 30

काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल घोषणा भउको आज एक वर्ष पूरा भएको छ । नयाँ पार्टी घोषणा भएको एक वर्षपछि संयोजक बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई धोका दिएको आरोप लगाएका छन् ।

नयाँ शक्तिको स्थापना दिवस बनाउन अयोजना गरिएको कार्यक्रममा उनको आरोप थियो, प्रचण्डले सुरिलो धुन बजाएर कार्यकर्तालाई ढाँटे । यतिसम्म की उनले एमाले र माओवादी बीचको एकता सत्ता र स्वार्थको लागि भएकाले केही वर्षभित्रै एकता टुट्ने आशंका गरे ।

‘मैले माओवादी पार्टीबाट राजीनामा दिएको भोलिपल्ट प्रचण्डजीलाई माओवादी आन्दोलनलाइ विर्सजन गरेर समाजवादी धारमा जाउँ भनेको थिएँ, उहाँले मान्नुभएन’ भट्टराईले भने, ‘प्रचण्डजीले माओवादी आन्दोलनलाई एमालेको पाउमा लगेर बिर्सजन गरिदिनुभयो । फोहोरमा मिसाइदिनुभयो ।’

आफुले माओवादी छाड्दा माओवादी जनयुद्धलाई धोका दियो भन्नेहरुले नै जनयुद्धलाई धोका दिएको उनको आरोप छ । ‘प्रचण्डल जीले सुरिलो बाँसुरी बजाएर कार्यकर्तालाई ढाँट्नुभयो’ उनले भने, ‘तपाईंहरु आफै भनिुदिनुहोस जनयुद्ध र माओवादी आन्दोलनलाई कसले धोका दियो, बाबुरामले या प्रचण्डले ?’

उनले दुई पार्टीबीच एकता भएर बनेको नकपालार्य डाइनोसरको संज्ञा दिए । ‘सत्ता र स्वार्थको लागि मात्र भएको हो । यसको कुनै भविष्य छैन’ उनले भने, ‘डाइनोसर जस्तो छ नेकपा । नेकपाले कम्युनिष्टको खोल ओढेर जनतालाई ढाँट्ने र छल्ने मात्र काम गर्छ, त्यसको असली रुप जनताले केही वर्षमै थाहा पाउनेछन् ।’

पूर्व माओवादीप्रति निक्कै आक्रामक देखिएका भट्टराईले माओवादीभित्र परिवर्तन चाहनेहरुलाई प्रचण्डले शीर झुकाउने बनाएको आरोप लगाए । विगतमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पुनः पार्टीमा फकिएन उनले आग्रह गरे ।

सो कार्यक्रममा पार्टीका नेताहरु डा. केशवमान शाक्य, रामरिजन यादव, गंगा श्रेष्ठ लगायतले गठबन्धनको सरकारले देश र जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै महँगी, भ्रष्टाचारविरुद्ध देशभर सशक्त अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...