रेशम चौधरीको शपथपछि राजपा सरकारमा जाने

Resham chaudhary

काठमाडौ‌ । राष्ट्रिय जनता पार्टी (राजपा)ले सांसद रेशम चौधरीको सपथ ग्रहणपछि सरकारमा सहभागी हुने जनाएको छ ।

हालै मात्र प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट संसद सम्बन्धि नियमावली पारित भएपछि रेशम चौधरीको सपथ ग्रहणको बाटो खुलेको छ । नियमावलीमा फौजदारी अभियोग लागेपनि सांसद पद निलम्बन नहुने व्यवस्था गरिएको छ ।

मधेश आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीलाई सरकारमा जान दबाब बढेको छ ।

प्रदेश २ मा फोरमसित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफू अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेकको सरकार बन्ने चर्चासँगै राजपा केन्द्र सरकारमा सामेल हुन तयार भएको हो ।

पछिल्लो समय राजपालाई पनि सरकारमा सामेल हुन सत्तारुढ दल नेकपाले आग्रह गरेपछि उसले एउटा सर्त तेस्र्याएको छ, सांसद् रेशम चौधरीको शपथग्रहण ।

राजपाका महासचिव केशव झाले आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको शपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।

७ भदौ २०७२ मा कैलालीको टिकापुरमा एक बालक र एसएसपीसहित ८ जनाको ज्यान जाने गरी भड्किएको हिंसामा दोषी भएको भन्दै प्रहरीले चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसपछि फरार भएका चौधरी गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट विजयी भएका थिए। विजयी पछि उनले अदालतमा गएर आत्मसमर्पण गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...