यी हुन् पार्टी फुटाउने राप्रपा नामधारी नायकहरु

Rpp 2 27

काठमाडौं । केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्न चार सदस्य कार्यदल बनायो । यसले काम पनि थालेको छ ।

तर, दुर्भाग्य, राप्रपा (प्रजातान्त्रिक)ले बनाएका कार्यदलमा रहेका संयोजक सहितका सदस्यहरुले नै अघिल्लो वर्ष अलिअलि व्यूँतिन लागेको राप्रपालाई टुक्राटुक्रमा विभाजन गर्न मुख्य भुमिका निर्वाह गरेका थिए ।

यो कार्यदलको संयोजक वरिष्ठ उपाध्यक्ष दीपक बोहरा हुन् भने उपाध्यक्ष बिक्रम पाण्डे, महामन्त्री सुनीलबहादुर थापा र उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा छन् ।

यी हुन् डबल रोलका खेलाडीहरु, जसले आफु सत्तामा पुग्न पार्टी नै फुटाए । अहिले अर्काे अर्थ नलागेमा ‘आफैं बोक्सी, आफैं धामी’ भन्ने नेपाली उखानझै उनीहरु नै एकता गर्न वार्ता समितिमा छन् ।

जसले सत्तामा जान पार्टी फुटाए । अहिले सत्ता बाहिर बस्दा पानी विनाको माछाझै छटपटाइरहेका छन् । राप्रपा फुटाउन विक्रम पाण्डे, सुनिलबहादुर थापा, दीपक बोहरा र रामकुमार सुब्बाको मुख्य हात थियो । अहिले फेरि उनीहरु नै पार्टी एकताका ‘कथित सुत्रधार’ बनेका छन् ।

कसको भुमिका कस्तो ?
अघिल्लो वर्ष राप्रपामा सरकारमा सहभागीताको विषयमा ठूलै विवाद उत्पन्न भयो । अध्यक्ष कमल थापा उपप्रधानमन्त्री दिए आफ्नै नेतृत्वमा सरकारमा जाने, उपप्रधानमन्त्री नदिए सरकारमै नजाने पक्षमा थिए । तर, सुनीलबहादुर थापा, विक्रम पाण्डे लगायतका नेताहरु सरकारमा जान खुट्टा उचालेर बसेका थिए ।

तर, थापाले नडग्मगाएपछि उनीहरुले क्याम्प परिवर्तन गरी पशुपति समशेर राणालाई साथ दिएका थिए । त्यो बेला भारतसँग राम्रै हिमचिम रहेका सुनीलबहादुर थापाले भारत र देउवालाई फकाएका थिए ।

यता पार्टी फुटाउने अन्तिम तयारीमा रहेका बेला सांसद किचबेच तीव्र भइसकेको थियो । सांसद किचबेचको जिम्मेवारी भने राणाले पाण्डेलाई दिएका थिए ।

पछि फेरि कमल थापाले देउवालाई खुसी बनाएर उपप्रधानमन्त्रीसमित उर्जा मन्त्रालय लिएर सरकारमा सामेल भएका थिए ।

त्यो बेला आफुहरु सत्ता बाहिर रहनु परेको पीडा स्वरुप यी नाइकेहरुले पार्टी फुटाउन नेता पशुपति समशेर राणालाई फकाएका थिए । त्यति बेला पार्टी फुटाउन सहयोगी भुमिका खेलेका रामकुमार सुब्बा भने अहिले स्वास्थ्य अवस्थाका कारण राजनीतिबाट सन्यास लिएझैं छन् ।

यस्तो छ विगतको कथा
२०७४ साउन २२ मा निर्वाचन आयोगमा राप्रपा (प्रजातान्त्रिक) को नामबाट पशुपति समशेर राणा नेतृत्वमा दर्ता भयो । त्यो बेला सत्ता बाहिर रहे पनि कमल थापा शक्तिमै थिए । तर उनी पार्टीभित्र भने कमजोर बन्न थालिसकेका थिए ।

त्यो बेला एकाथरीका लागि कमल थापा टाउको दुखाईको विषय बन्दै थिए भने उनको पार्टीमा काम गर्ने शैली पनि फेरिएको थियो । आफु सरकारमा जान थापाले जोडबल गरेपछि थापालाई रोक्न सुनीलबहादुर थापा, विक्रम पाण्डे लगायतले शेरबहादुर देउवाको फेर समाउन पुगेका थिए ।

देउवाकै फेर समातेर सुनीलबहादुर थापालाई उद्योग र विक्रम पाण्डे बन र दीपक बोहोरा स्वास्थ्य मन्त्री बने । ‘त्यो बेला सत्तामा जानै भनेर वोहोरा र थापाकै मुख्य पहलमा पार्टी फुटाइयो’ राप्रपाका एक नेताले निशान न्युजसँग भने, ‘अहिले उनीहरु नै पार्टी मिलाउन लागेका छन्, खोई के स्वार्थ जोडिएको छ, बुझ्न सकिएन ।’

हाल विचार मिल्नेसँग एकता वा सम्बाद गर्न जसलाई जिम्मेवारी दिइएको छ, उनीहरुबाट पार्टी एकता हुने संकेत नदेखिएको एक नेता बताउँछन् । उनले भने, ‘यी खेलाडी यस्ता छन्, जसले सत्तामा पुग्न सानो पार्टीलाई ‘धानी न बिसाउनी’ बनाए ।

एकता को सँग हुने ?
केही समयअघि राप्रपा अध्यक्ष कमल थापाले नेपाली कांग्रेससँग पार्टी उकताको प्रस्ताव अघि सारे । राप्रपा राष्ट्रिय पार्टी पनि बन्न नसकेको अवस्थामा प्रजातान्त्रिक विचार मान्ने पार्टीसँग एकता अनिवार्य रहेको उनले बताउँदै आएका छन् । त्यही भएर पनि थापाले कांग्रेससँग एकता गर्न सकिने बताएका थिए ।

अहिले राप्रवा वा राप्रपा (प्रजातान्त्रिक) का धेरै नेता नेपाली कांग्रेससँग एकता गर्ने पक्षमा छन् । कार्यकर्ताहरु भने हिन्दु धर्म र राजतन्त्रको मुद्दालाई अघि सार्न सके अझैं पनि पार्टी ठूलो बन्छ की भन्ने आसमा छन् ।

तर हालका नेतृत्व भने पार्टी एकता गर्ने र त्यही एकताको बलले नेपाली कांग्रेससँग पदीय वार्गेनिङ गर्ने पक्षमा देखिएका छन् ।

राप्रपा (प्रजातान्त्रिक) ले पनि विचार मिल्ने दलहरूसँग एकता गर्न कार्यदल नै बनाएको हो । यो कार्यदलको काम भनेकै समान विचार भएका राजनीतिक दल, समूह, व्यक्तिसँग एकता, सहमति र सहकार्य गर्ने वातावरण बनाउने हो ।

यो कार्यदलका जिम्मेवार व्यक्तिहरु नै नेपाली कांग्रेससँग एकता गर्ने, एकता गर्न नसके कांग्रेसमा प्रवेश गर्ने दाउँमा छन् ।

राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले वार्ताका लागि कार्यदल बनाए पनि एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी भने मौन छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...