सरकारविरुद्ध खनियो नेविसंघ, लगातार विरोध प्रदर्शन

Nebisang pradarsan

काठमाडौं । पछिल्ला दिन सरकारले निरन्तर पेट्रोलिय पदार्थमा मुल्यवृद्धि गरेपछि युवा विद्यार्थी सडकमा निस्किएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले आइतबार सरकारबिरूद्ध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको बिरोधमा नेविसंघले भृकुटी मण्डपबाट बिरोध प्रदर्शन गरेको हो ।

यसअघि नेविसंघले अर्धनग्न प्रदर्शन र प्रधानमन्त्रीको पुत्ला दहन लगायतका विभिन्न कार्यक्रम गरेर सरकारको विरोध गर्दै आएको नेविसंघले आइतवार भने राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

सरकारविरुद्ध चर्का नारावाजी गर्दै विद्यार्थीहरू त्रिचन्द्र कलेज लगायतका ठाउँमा पुगेका थिए । उनीहरूले मूल्य बृद्धि फिर्ता गर्नु पर्नेपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस