प्रहरीको आँखा छल्दै नेविसंघको राँके जुलुस, प्रहरीद्धारा हस्तक्षेप

Petroliyam birodha

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा राँके जुलुस निकालेको छ ।

राँके जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएपनि प्रहरीको आँखा छल्दै नेविसंघले राँके जुलुस निकालेको हो । राके जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दीए।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । उपत्यकाको जमल, बागबजार, मैतिदेबी बाट राकेजुलुस निस्केको थियो ।

केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३ ३ रुपैयाँ वृद्धि गरेकोे थियो । हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...