जनयुद्धको शैलीका जग्गा कब्जा गर्न थाल्यो विप्लवले

Jagga kabja

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धको शैलीका जग्गा कब्जा गर्न थालेको छ ।

विप्लव समर्थित जिल्ला जनपरिषद् नुवाकोटले शेरा दरबार र ककनीस्थित रानीपौवामा रहेको साझा सेवा संस्थाको जग्गा कब्जा गरेको छ ।

हदबन्दीभन्दा बढी रहेको शेरा दरबारको जग्गा भूमाफियाले कृषि ट्रष्टको नामा दर्त गराई करोडौं रकममा बेचबिखच गरेको आरोपसहित शनिवार विहान सो ठाउँमा झण्डा गाढेर जग्गा कब्जा गरेको जनाएको छ ।

हदबन्दीभन्दा बढी रहेको शेरा दरबारको जग्गा भूमाफियाले कृषि ट्रष्टको नामा दर्ता गराई करोडौं रकममा बेचबिखच गरेको विज्ञप्तीमा आरोप लगाइएको छ । सो जग्गा विकेश श्रेष्ठको नेतृत्वमा भोगचलन हुँदै आएकाले तुरुन्तै सो जग्गा छाड्न श्रेष्ठलाई चेतावनी दिएको छ ।

त्यसैगरी साझा सेवा संस्थको कित्ता नं. २८१ को २–१–०–० रोपनी जग्गा कब्जा गरिएको जिल्ला जनपरिषद् नुवाकोटले जनाएको छ । सो संस्थाले भागचलन गर्दै आएको सो जग्गा र भवन बेचेर अन्यत्र जान लागेकाले कब्जा गर्नुपरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...