सांसदहरुलाई विशेष सुविधा, हत्या र बलात्कार गरेपनि निलम्बन नहुने

Sanghiya samsad

काठमाडौ‌ं । फौजदारी अभियोग लाग्दा समेत सांसद् निलम्बन नहुने नयाँ व्यवस्था सहितका प्रतिनिधिसभा नियमावली शुक्रबारको संसद बैठकको बहुमतले पारित गरेको छ ।

प्रचलित कानुनमा सार्वजनिक पद धारण गरेको व्यक्ति फौजदारी अभियोगमा पक्राउ परेमा स्वतः निलम्बन हुने व्यवस्थालाई कुल्चदैँ सांसदलाई भने यस नियमावलीले निलम्बन हुन नपर्ने सुविधा दिएको छ ।

संविधानले महाअभियोग लाग्नेबित्तिकै राष्ट्रपति निलम्बन हुने व्यवस्था गरे पनि सांसद् भने फौजदारी फैजदारी अभियोग लाग्दा निलम्बन नहुने भएका हुन् ।

संसद् नियमावलीको यस्तो व्यवस्थाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद अब हत्या, अपहरण, शरीर बन्धक, राहदानी दुरुपयोग, जबरजस्ती करणी, खोटा सिक्का अपचलन, प्लेट अपहरण, मानव बेचबिखन जस्ता गम्भीर प्रकृतिका फौजदारी मुद्दामा संलग्न भए पनि निलम्बनमा पर्ने छैनन्।

अभियोग लाग्दैमा संसद पद निलम्बन नहुने सहमति भएपछि नेपाली कांग्रेसले संशोधन फिर्ता लिँदै नियमावलीको पक्षमा मत हालेको थियो । नियमावलीको विपक्षमा मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले मात्र मत व्यक्त गरेका छन् ।

संसदको बहुमतले गरेको यो निर्णयले संसदकै मर्यादाको खिल्ली उडाएको राष्ट्रिय जनमोर्चाकी सांसद पोडेलले बताईन् । गम्भिर अपराध गरेर जेलमा बसेका सांसदको ‘माननीय’ उपाधी कायमै रहनु लाजमर्दो भएको पौडेलको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...