प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा १ को बैठक कांग्रेसले अवरोध गर्ने

Pradesh 1 sava

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्बोधन गर्ने तयारी भएको प्रदेशसभा १ को बैठकलाई कांग्रेस सांसदहरुले अवरोध गर्ने तयारी गरेका छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार विहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी गराएका छन् । तर, कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठक अवरोध गर्ने तयारी भइरहेको बताए ।

‘प्रधानमन्त्रीको विशेष सम्बोधनको कुरामा हाम्रो विमती छ, प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रतिपक्षले संसदमा उठेर विरोध जनाउने छ’ उनले भने, ‘हामी प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम विथोलेर छाड्छौं ।’

उनले तरुण दलका सुनसरी सभापति सिजन गुरुङलाई प्रहरीले म्याद थप गरेको विषयमा विरोध जनाउँदै संसद अवरोध गर्ने बताए ।

उनले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले म्याद थप नगर्ने भनेर सदनलाई जानकारी गराएपनि प्रहरीले म्याद थप गर्नुले प्रदेशसभाकै खिल्ली उडेको बताए । ‘मन्त्रीज्यूले संसदमा म्याद थप नगर्ने भनेको भोलिपल्टै गुरुङलाई प्रहरीले म्याद थप गर्ने कार्यले गरिमामय संसदको समेत खिल्ली उडाउने काम भएको छ’ कार्कीले भने ।

यसैबीच प्रदेश १ को प्रदेश सभाले पाँच सदस्य आचरण अनुगमन समिति गठन गरेको छ । प्रदेश सभा सदस्यहरुको आचार र नैतिकवान बनाउन सभामुख प्रदीपकुमार भण्डारीको संयोजकत्वमा आचारण अनुगमन समिति गठन भएको हो ।

समितिको सहसंयोजकमा उपसभामुख सरस्वती पोखरेल, सदस्य सचिवमा प्रदेशसभा चिवालयका सचिव केदार पनेरु रहेका छन् । सदस्यहरुमा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, नारायण मगर, शेखरचन्द्र थापा, राधा थापा र तुलसी न्यौपाने छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...