दुई पार्टीको एकता अन्तिम चरणमा

Rpp rastrabadi

काठमाडौं । तीन वटा राष्ट्रिय प्रजातन्त्र पार्टी बीचको एकताको हल्ला चलिरहेका बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली कांग्रेस (विपि) बीच एकता हुने निश्चित भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । दुबै पार्टीको वार्ता समितिले अघिल्लो पटक भएको सहमतिलाई लिखित रुपमा मस्यौदा गरेको छ । केही बुँदामा भने सहमति बन्न सकेको छैन ।

टुंग्याउन बाँकी विषय भने दुबै पार्टीका शीर्ष नेतृत्वले टुंग्याउने सहमति बनेको छ । आज सम्पन्न वार्तामा एराप्रपा (राष्ट्रवादी) को तर्फवाट उपाध्यक्ष एवं राजनीतिक समितिका प्रमुख ऋिषिबाबु परियार, उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री श्याम तिमिल्सेना, उच्च स्तरीय कार्यदल सदस्य झनक प्याकुरेल र सहप्रवक्ता जनकराज पाठक थिए भने नेपाली कांग्रेस (विपि) का तर्फबाट महामन्त्री पुष्पराज पराजुली र प्रवक्ता देवेन्द्रप्रकाश पौडेल लगायतका नेताको सहभागीता थियो ।

आजको वार्ताले जतिसक्दो चाँडो पार्टी एकता गर्ने सहमति गरेको र शीर्ष नेतृत्वबीच बैठक बस्नासाथ पार्टी एकता हुने एराप्रपा (राष्ट्रवादी) का सहप्रवक्ता जनकराज पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...