मनिष सुमन भन्छन्, ढाटुँवा कम्युनिष्टलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं

Manish suman

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नं. २ को फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

महासचिव सुमनले शुक्रबार बस्ने पार्टीको राजनीतिक समितिको बैठकले प्रदेश नं. २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौं ’ उनले भने ‘त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिष्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।’ उनले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताए ।

नेकपा र फोरम बीचको सहमति पनि चुट्किला र हाँसोको पात्र भएको उनको आरोप थियो । नेता सुमनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रारा तालमा हावा खाने र काखे बालक च्यापेर चुट्किला सुनाउनेबाहेक अरु केही नसकेको आरोप लगाए ।

‘राजपाविरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ’ उनले भने, ‘हामीलाई बाईपास गरेर मधेशमा गरिने कुनै पनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरम बीचको २ बुँदे सहमति पनि मधेशको हितमा छैन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...