पौडेलको नेकपालाई प्रश्न, शक्तिशाली सरकारलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?

Pradip paudel

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बेला न कुबेला नेकपाका नेताहरुले कार्यकारी राष्ट्रपतिको कुरा उठाएको आरोप लगाएका छन् । उनले प्रत्यक्ष कार्यकारी राष्ट्रपति चाहिने कुरा कुवेलाको फल भएको संज्ञा पनि दिएका छन् ।

‘निर्वाचनभन्दा पहिले अर्कै कुरा, अहिले बहुमत ल्याएपछि उहाँहरुलाई कार्यकारी राष्ट्रपति किन चाहियो ?’ उनले नकपाका अध्यक्ष प्रचण्डप्रति इंगित गर्दै भने, ‘मुलुकलाई नयाँ बाटोतर्फ किन लैजान खोजिँदैछ ? हाम्रो प्राथमिकता त समृद्धि र सुशासन होइन र ?’

उनले मुलुकलाई नयाँ नयाँ कुराको प्रयोग किन गर्न खोजिएको आरोप पनि लगाए । उनले भने ‘नेपाल प्रयोगशाला होईन् ।’ नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका पौडेलले बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा भने, ‘यो प्रचण्डको आवश्यकत्ता होला । तर देश र जनताको आवश्कता होईन, कसैलाई हिरोईज्म देखाउनको लागि मात्रै यो देश हो र ?’

उनले सत्तारुढ दल नेकपाकै कारण संसद सञ्चालन नियामावली पारित हुन ढिलाई भैरहेको आरोप पनि लगाएका छन् । पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा विचाराधीन संसद नियमावली पारित गर्न दुई तिहाई बहुमत प्राप्त सरकारलाई कर्सले रोक्न नसक्ने दावी गरे ।

उनले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था संसद नियमावलीमा नभई कानुनमै व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । अदालतले संसदको नियामावली नचिन्ने बताउँदै उनले अदालतले नै चिन्नेगरि निलम्बन गर्ने व्यवस्था गर्न उनको माग थियो ।

‘कांग्रेस अपराधी, बलात्कारीको बचाउ गर्न लागेको होईन, नेकपालाई आफूले चाहेको काम गर्न संसदमा अवरोध गर्ने स्थिति छैन’ उनले भने, ‘उहाँहरुसँग दुई तिहाई बुहमत छ, नियामावली पारित गर्न कसले रोक्यो ? कांग्रेसले नचाहेरेर नियामावली रोकिएको होईन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...