सिके राउतलाई ओलीको सुझाव, बुद्धि बिग्रिएर कुबाटो हिँड्न खोज्नुभएको हो भने त्याग्नुस्

Kp oli

हेटौडा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जनताको शासन आइसकेकोले अब कुनै पनि नाममा हिंसा सह्य नहुने बताएका छन् ।

सोमबार प्रदेश ३ को संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा हिंसा र पृथकतावादलाई नसहने दावी गरे । मधेसमा आन्दोलनरत सिके राउत लगायतका व्यक्तिहरूले चालिरहेको कदम देशविरोधी भएको उनले बताए ।

’कसैले हिंसालाई सिद्धान्त र रोजाइको विषय बनाउँछ भने त्यो अनुचित हो, म भन्न चाहन्छुँ हिंसा आवश्यक छैन । आउनुस् कुरा गरौँ टुंग्याउँ’ उनले भने, ‘नेपाललाई विकास हुन नदिने र बुद्धि बिग्रिएर कुबाटो हिँड्न खोज्नुभएको हो भने र कसैको औजार बन्नु खोज्नुभएको हो भने त्यसलाई रोकेर आउनुस् । किन त्यसतो गर्नुहुन्छ ।’

उनले स्वतन्त्र मधेसका नाममा आन्दोलन गर्नु नाजायज भएको टिप्पणी पनि गरे । ‘मधेसका नाममा आन्दोलनको नाममा हिंसात्मक आन्दोलन गरिरहेर कसैलाई फाइदा छैन’ उनले भने, ‘अहिले केही मित्रहरुले जसरी सरकार तानाशाही भएको भन्ने पक्षका हुनुहुन्छ, भन्नुस सरकार कहाँ के काममा तानाशाही बन्यो ? कि तपाईहरुलाई जे मन लाग्यो त्यही गर्न दिने ?’

‘कतिले स्वतन्त्र मधेस, पृथकतावादका कुरा गरिरहेका छन् । म बडो नम्रताका साथ भन्न चाहन्छु, बिखण्डनकारी राष्ट्रद्रोही कुरा सहन्नौँ यो सरकारले सहन्न’ उनले भने ‘कहिले थियो कहाँ थियो मधेस भन्ने देश ? मधेसबारे भ्रम फिजाइँएर मात्रै हुन्छ ? यी सब भ्रम नफिँजाउनस् अब ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...