नेपालमा कम्युनिष्टहरुको सफलता मर्ने बेलामा कमिलाको प्वाँख उम्रेजस्तोः निधि

Bimalendra nidhi 647 082016021940

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुुदै गएको दावी गरेका छन् ।

वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिबेशनको आज राजधानीमा उद्घाटन गर्दै उनले नेपालमा कम्युनिष्ट पार्टीले गत निर्वाचनमा पाएको सफलतालाई मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तो भएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘जसरी मर्ने बेलामा कमिलाको प्वाँख पलाउँछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।’
बिचारधाराको परिवर्तनसँगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उनको भनाई थियो । सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउँ बाँकी नरहेको उनले बताए ।

निधिले रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिष्ट सरकारले भारत र चीनको चाकडी गरेको आरोप लगाए । उनले भारतले वर्षौंदेखि हुलाकी राजमार्गको काम अड्काएर राखेको भन्दै अब रेलमार्गको कुरा पनि त्यसरी नै अड्काउने दावी गरे ।

उनले अहिलेको हुलाकी राजमार्गको काम किन अगाडि बढाएन भनेर सोध्नुपर्नेमा त्यसो नगरेर धारतको चाकडी गरेको टिप्पणी गरे । ‘बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ’ उपसभापति निधिले भने, ‘अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।’

आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकबादतर्फ उन्मुुख भएको उपसभापति निधिको भनाई थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...