ओलीको राष्ट्रवाद खोक्रो सावित : सिपि गजुरेल

Cp gajurel

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री केपी ओलीका राष्ट्रवाद खोक्रो र देखावटी भएको बताएको छ । क्रान्तिकारी माओवादीले सरकार निरंकुश ढंगले अघि बढेको आरोप समेत लगाएको छ ।

माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)ले राजधानीमा पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा देजमोका अध्यक्ष सिपि गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा सरकारले विरोधको स्वर सुन्नै नचाहेर निरंकुशता प्रदर्शन गरेको बताए ।

गजुरेलले ओलीको राष्ट्रवाद मोदीको नेपाल भ्रमणका क्रममा खोक्रोसिद्ध भएको दावी गरे । ‘८६ जना भारतीय कमाण्डो नेपाल भित्र्याएर मोदीलाई सुरक्षा दिईयो’ उनले भने, ‘विदेशी सेना नेपाल आउनु भनेको मिनि रुपमै भएपनि नेपालमा भारतीय सेना परिचालन हुनु हो ।’

उनले मोदीसँगै ओलीले अरुण तेस्रो परियोजनाको सिलान्यास गरेर भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिनु राष्ट्रघाती कदम भएको बताए ।
उनले सरकार कम्युनिष्ट एकताका नाममा सामाजिक फाँसीवादको बाटोमा अघि बढेको आरोप लगाए । उनले धर्ना जुलुश गर्न ठाउँ निश्चित गर्ने, मजदुरहरुलाई हड्ताल गर्न निषेध गर्ने, जुलुश गर्न प्रतिवन्ध लगाउने जस्ता कुराले सरकारको स्वेच्छाचारी कदम तर्फ ईंगित गरेको दावी गरे ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर ओलीको पार्टीले चुनाव जितेपनि त्यस अनुसारको बजेट ल्याउन नसकेको भन्दै सरकारको आलोचना पनि गरे । सरकारले समाजवाद उन्मुख बजेट ल्याउने भनेर जनतालाई ढाँटेको उनको आरोप थियो ।

उनले शिक्षा, स्वास्थ्य जस्ता विषयलाई निजीकरण गरेर कहिल्यै समाजवाद नआउने बताए । यस्तै, उनले कुल बजेटको २३ प्रतिशत रकम मात्र विकास बजेटमा छुट्याएर समृद्धि नआउने बताए ।

‘ओलीले चुनाव अघि वृद्ध भत्ता पाँच हजार पुर्याउने भनेर जनतालाई आश्वासन दिए । तर, बजेटमा हिस्स पारे ।’ उनले भने, ‘वृद्धहरुका लागि स्वास्थ्य बीमा ल्याईनु स्वागतयोग्य भएपनि पहिलो समस्या गासको हो, सरकारले त्यसको जिम्मा लिनुपर्छ ।’

गजुरेलले आफ्नो पार्टीको शक्ति यतिबेला घटेको भएपनि आफुहरु सडकको प्रतिपक्ष भएको दावी गरे । ‘संसदको प्रतिपक्ष कांग्रेस हो, तर उसको भूमिका निकै कमजोर छ । शायद आँफै भित्रको कचिंगलले होला ।’ उनले भने, ‘सडकको प्रतिपक्ष हामी हौं । जनताका सवाललाई हामीले नै उठाईरहेका छौं ।’
उनले संविधानमा भएका गणतन्त्र, धर्मनिरपक्षता र संघीयतालाई आफुहरुले स्वागत गरेको भएपनि पछिल्लो समयमा संघीयतामा भारत र पश्चिमा देशहरुले चलखेल गरेक कारण संघीयता कुरुप बनेको बताए ।

उनले मोदी जनकपुर आउँदा ‘मधेश देशमा स्वागत छ’ लेखेका ब्यानर देखाइनु, भारतीय सेनाको चलखेल, प्रदेश दुईका मुख्यमन्त्रीको भाषण आदी सबै कुराले संघीयतामा चलखेल गरेर राष्ट्रियता कमजोर पारिएको उनको टिप्पणी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...