नेकपाले बनायो तल्ला कमिटि एकीकरणको मापदण्ड

Ncp meet

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तल्ला कमिटि र जनवर्गिय संगठन एकीकरण गर्ने मापदण्ड तयारु पारेको छ ।

तत्कालीन दुई पार्टीका संगठनलाई प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गर्न मापदण्ड तयार पारेको नेकपाले जनवर्गीय संगठन र प्रदेशदेखि गाउँ कमिटीसम्म समायोजन गरी बनाइने नयाँ कमिटी छरितो बनाउने भएको छ ।

सचिवालयले मापदण्ड तोक्दै तीन महिनाभित्र सबै कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया सक्न अन्तरपार्टी निर्देशन दिइसकेको छ ।

पार्टी कमिटीको एकताका लागि सातै प्रदेशमा तत्कालीन एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई सदस्य रहने गरी कार्यदल गठन गरिएका छन् ।

यस्तै दुबै पार्टीको जनवर्गीय संगठनको एकताका लागि सम्बन्धीत पार्टीका इन्चार्ज र अध्यक्ष रहेको २२ जनवर्गीय कार्यदल गठन भएका छन् ।

–प्रदेश कमिटी कम्तीमा १५१ सदस्यीय हुने
–जिल्ला कमिटी कम्तीमा ७५ सदस्यीय
–एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रबराबर ५ सदस्य थपिने
–काठमाडौंमा १२५ सदस्यीय कमिटी बन्ने
–महानगर कमिटी
–७५ सदस्यीय, उपमहानगर कमिटी ६१ सदस्यीय, नगर र गाउँ कमिटी
५१ सदस्यीय
–वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय
–प्रदेश र जिल्लाअनुसार कमिटीको आकारमा केही फरक पर्न सक्छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...