चुनाव अघि माओवादीले कांग्रेससँग तालमेल चाहेको थियो : नेता खाँड

Balkrishna khand


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँडले चुनावी हारका अनेक कारण मध्य तात्कालिन माओवादी केन्द्रसँग चुनावी गठबन्धन नगर्नु पनि एक कारण भएको खुलासा गरेका छन् ।

राजधानीमा आयोजित नेपाली कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा यस्तो खुलासा गरेका हुन ।

उनले भने,‘चुनाव पूर्व माओवादी केन्द्रका साथीहरुको आशय बाहिर आएको थियो, माओवादी केन्द्र एक्लै चुनावि मैदानमा जाने स्थिति थिएन, उ एक्लै चुनावमा गयो भने सकिने डर थियो, त्यसैले सरकारमा सँगै रहेको कांग्रेससँग चुनावी गठबन्धन समेत चाहेको थियो, अर्घाखाँचीमा त टोप बहादुर रायमाझीले मतदाताको संख्या तोकेरै चुनाव जित्न सकिदैन भन्नु भएको थियो, सुर्खेतको कुरा गर्दा पार्टीका महामन्त्री पूर्ण बहादुर खड्काले एक्लै चुनावमा जाने हो भने कर्णाली प्रदेशमा कांग्रेसले जित्छ, एमाले–माओवादी एक भएर लडेको खण्डमा शुन्य हुन्छ, भन्नु भएको थियो ।’

चुनावी गठबन्धनले निर्वाचनमा कांग्रेसलाई असर पारेको बताउदै नेता खाँणले भने,‘चुनावी यलाईन्सले ठूलो प्रभाव पार्छ, केही साथीहरुले कुनै असर गर्दैन एक्लै हिड्नुपर्छ भन्नु हुन्छ त्यो गलत हो, भारतको विहारमा मोदीको प्रभावलाई पन्छाउदै फरक राजनीतिक शक्तिहरुले चुनावी परिणाम हात पारेका छन्, हाम्रोमा पनि त्यही भएको हो, मैले भनेकै हो यही हुन्छ, कांग्रेसको ऐतिहासिक कमजोरी एमाले–माओवादीबीचको चुनावी गठबन्धनको असर यति पर्छ भनेर नबुझ्नु हो ।’

हालै संसदमा सरकारले प्रस्तुत गरिएको वजेटले सपनाहरु देखाएको बताउँदै उनले भने, ‘सडकमा कागजको पानी जहाज चलाउने खालको सरकारले नीति तथा कार्यक्रम ल्यायो, त्यसको बारेमा संशोधन दर्ता गरेकै हो, तर संशोधन जनताको कानमा पुग्ने गरि विरोध सुनिएन, त्यसपछि वजेट भाषण सकिएको छ, पारित हुने होला, जसले जनजीवनलाई सम्बोधन गर्ने देखिदैन ।’

त्यस्तै कार्यक्रममा कांग्रेस नेता एवम् पूर्व राज्यमन्त्री राम बहादुर गुरुङले गाउँमा गोठालो जादै गरेका दाजुभाईले कांग्रेस आफैमा मिल्यो भनेर सुन्न पर्खेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...