दरबार हत्याकाण्डको १७ वर्ष, यो हत्याकाण्ड कसले गर्‍यो ?

Darbar hatyakanda

काठमाडौं । दरबार हत्याकान्ड भएको १७ वर्ष पूरा भएको छ । वि.स. २०५८ साल जेठ १९ गतेका दिन राजदरबारमा तत्कालिन राजा विरेन्द्रको पुरै वंश नाश हुने गरि कहालिलाग्दो हत्याकाण्ड मच्चिएको थियो । 

हत्याको दोष तत्कालिन युवराज दिपेन्द्रमाथि लगाइएको छ । तर, आफै गोली लागि मृत्यु भएका दिपेन्द्रलाई दोषि मान्न जनता तयार छैनन् । जनताले बारम्बार घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै आएका छन् ।

तर यो हत्याकाण्ड कसले गर्‍यो ? कसैले पत्ता लगाउन सकेको छैन । दर्जनौं पटक सरकार परिवर्तन भयो तर सत्यतथ्य पत्ता लगाउन आँट कुनै सरकारले गरेन ।

नेपाली जनताले सधैं भन्ने गरेका छन– ‘राजा विरेन्द्रको बंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस ।’ त्यति मात्र होइन नारायणहिटी घुम्न आउने अधिकांश दर्शकले लेख्ने गरेका छन्–‘दरबार हत्याकाण्ड छानविन होस ।’

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाण्डलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रिभुवन संग्राहलय निर्माण सम्पन्न गरेको छ ।

बल्ल एउटा मात्र चाहाना पुरा भएको छ । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन हेर्ने । अझै दुईवटा इच्छा पूरा हुन सकेको छैन । त्यो हो–श्रीपेच र हत्या गरिएका वीरेन्द्र परिवारको घर श्रीसदन हेर्ने । संग्राहलय प्रशासनले दरबार हत्याकाण्ड भएको १६ बर्षपछि त्रिभुवन सदन निर्माण गरेको संग्राहलय प्रमुख रोहित ढुंगानाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस