सञ्चार राज्यमन्त्री बास्कोटा भए फुलमन्त्री

Gokul baskota

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहेका गोकुल बास्कोटाले मन्त्रीको जिम्मेवारी पाएका छन्।

शुक्रबार गरिएको मन्त्रीमण्डल बिस्तारका क्रममा राज्यमन्त्री बास्कोटालाई फूलमन्त्रीको जिम्मेवारी दिईएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल चौथो पटक विस्तार गरेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता इस्तियाक राईले पनि आज मन्त्रीको सपथ लिएका छन् । यादव र राईले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिए ।

प्रधानमन्त्री ओलीले उपेन्द्र यादव र ईश्वर पोखरेललाई उपप्रधानमन्त्री बनाएका छन् ।

प्रतिकृया दिनुहोस