कांग्रेस सभापतिहरुको भेला हेटौडामा हुने

Congress party office

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असार पहिलो साता हेटौडामा हुने भएको छ ।

स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा पार्टीले नराम्ररी हार व्यहोरपछि पार्टी सभापति शेरबहादुर देउवाको तीव्र आोलचना हुँदै आएको छ ।

सभापतिहरुको राष्ट्रिय भेलामा ७७ जिल्लाका सभापतिहरु र केन्द्रीय समितिका ८५ पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहने छ । यो भेलाले चुनावको समिक्षा पनि गर्नेछ ।

राष्ट्रिय भेला बदलिएको संरचनामा विधान, पार्टीको संगठन तथा भातृ शुभेच्छुक संघसंगठनहरु सुदृढिकरण, र समसामयिक राजनीतिक परिबेशबारे छलफल हुनेछ ।

असार ५, ६ र ७ मा ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेला सफल बनाउन १० वटा समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस