ओली प्रचण्ड हारे सानो कट्टेलसँग

नेपाल कम्युनिस्ट पार्टीको नामबाट चल्ने तुहियो सपना

Oli prachanda 1

काठमाडौं । दुई ठूला दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई ठूलो धक्का लागेको छ । उनीहरुले शक्तिकै भरमा ऋषीराम कट्टेललाई पा’ पछारेझै गरौला भनेर जवरजस्ती नेपाल कम्युनिस्ट पार्टीको नामबाट चल्ने सपनालाई निर्वाचन आयोगले तुहाइदिएको छ ।

निर्वाचन आयोगमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी यसअघि नै आयोगमा दर्ता भइसकेको थियो । तर, दुई ठूला पार्टी मिले जे पनि गर्न सक्छौ भनेर उनीहरुले नेकपा नै नाम राखेर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

कट्टेलले नेतृत्व गरेको पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता छ । यसले बेलबखत राजनीतिक गतिविधि भने गरिरहेको छ । उसको शक्ति कमजोर भएका कारण दुई ठूला दलहरु मिलेपछि उसको अस्तित्वलाई नामेट पार्न खोजिएको आरोप लाग्दै आएको थियो ।

आयोगले पुनर्विचार गर्न भनेसँगै कट्टेललाई राजनीतिक रुपमा सफलता मिलेको विष्लेषण् गर्न थालिएको छ ।

आयोगमा एकतापछि नेकपाको नाममा अण्डरलाइन राखेका थिए । तर, त्यो व्यवहारिक नहुने निश्चित जस्तै थियो । त्यही भएर निर्वाचन आयोगले पुनर्विचार गर्न आग्रह गरेपछि अन्नतः उनीहरु नाम नै परिवर्तन गर्ने पक्षमा पुगेका छन् ।

नेकपा एमाले र एमाओवादी केन्द्रबीच जेठ ३ मा एकता हुँदा नेपाल कम्युनिस्ट पार्टी नाम राख्ने निर्णय गरेको थियो । सोही अनुसार आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।

तर, निर्वाचन आयोगले नेकपा पहिल्यै दर्ता भइसकेकाले पुनर्विचार गर्न आग्रह गरेपछि नवगठित नेकपालाई ठूलो धक्का लागेको हो । अब सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (नेकपा) थप्न लागेको छ ।

पार्टीका ४४१ जना केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकताको प्रतिलिति भने बुझाइसकिएको छ ।

त्रविक्रम चन्दले दल दर्ता नगरे पनि नेपाल कम्युनिस्ट पार्टीकै नाममा गतिविधि गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस